loader

Breaking News

कालेबुङ लाभा 6 माइल क्षेत्र फोन र इन्टरनेट सुविधासँग जोड़िने

Image
 

कालेबुङको 37 नम्बर समष्टिका सभासद् दावा तेञ्जी शेर्पाको पहलमा लाभा 6 माइल क्षेत्र अब फोन र इन्टरनेट सुविधासँग जोडिन लागेको छ। लामो समयदेखि मोबाइल टावरको अभावका कारण पर्यटकदेखि स्थानीयहरूले भोग्दै आएका समस्यालाई समाधान गर्ने उद्देश्यसहित सभासद् शेर्पाले क्षेत्रवासीहरूसँग बैठक गरी एयर फाइबर जडान गरिदिने जानकारी दिएका हुन्।

सन्तुक ग्राम पञ्चायतका प्रधान सुमित छेत्री लगायत स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको उक्त बैठकमा सभासद् शेर्पाले एयर फाइबर जडान भएपछि क्षेत्रका बासिन्दाले ल्यानलाइन र वाइफाइ सुविधा सहजै पाउने बताएका थिए। यस कदमले व्यवसायिक तथा दैनिक जीवनयापनमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।

पर्यटकहरूको आवागमन बढी हुने लाभा 6 माइलमा फोन तथा इन्टरनेट सुविधाको अभावले विभिन्न असुविधा हुँदै आएको थियो। अब भने यो समस्या समाधान हुने भएपछि क्षेत्रवासीहरूमा खुशीको माहोल छाएको छ। स्थानीयहरूले ठूलो समस्या समाधान गरिदिएकोमा सभासद् दावा तेञ्जी शेर्पाप्रति आभार व्यक्त गरेका छन्।


Leave a Comment